काठमाडौं, असोज ३१–
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अति प्रभावितहरुमा ‘कामका लागि नगद’ वितरण गरेको छ ।
बैंकले धादिङ्ग जिल्लाको लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग, गा.वि.स. र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा नगद वितरण गरेको हो । गत असोज ५ देखी १० गतेसम्म ६ दिन संचालित नगद वितरण कार्यक्रम (Welt Hunger Hilfe/Lutheran World Federation) को सहकार्यमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको हो ।
विशेष गरि भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेबापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । यस्ता प्रकारका कार्यक्रमबाट स्थानीय विकास निर्माणका काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक सहयोगमा सुधार आउने विश्वास बैंकले लिएको छ ।