• होमपेज
  • समाचार
  • चितवनमा आवश्यक भन्दा एक तिहाई मात्र प्रहरी कार्यरत

चितवनमा आवश्यक भन्दा एक तिहाई मात्र प्रहरी कार्यरत

  • मङ्लबार, अशोज ३१, २०७४
चितवनमा आवश्यक भन्दा एक तिहाई मात्र प्रहरी कार्यरत

चितवन,असोज ३१ –

जिल्लामा आवश्यक भन्दा एक तिहाई मात्र प्रहरी कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा दुईहजार एकसय प्रहरी आवश्यक भएपनि ७११ जना मात्रै प्रहरी जनशक्ति रहेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले महानगरमा एकजना प्रहरीले ३०० जना, नगरपालिकामा एक प्रहरीले ३५० जना र गाउँपालिकामा एक प्रहरीले ४०० देखि ५०० जनालाई सुरक्षा गर्नुपर्ने भएपनि यहाँ एकजना प्रहरीले ८५४ जनाको सुरक्षा दिनुपरेको बताउनुभयो ।

जिल्लामा दुईहजार १०० जना प्रहरी आवश्यक पर्ने बताउँदै थापाले यस्तो हुँदा एकजना प्रहरीले ३५० जनालाई सुरक्षा दिनसक्ने बताउनुभयो । जिल्लामा २०६८ को जनगणना अनुसार पाँच लाख ६९ हजार ९०४ जनसंख्या रहेको छ ।

हालसम्म यो संख्या ६ लाख नाघेको अनुमान गरिएको छ । थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने भएपछि प्रहरीलाई पेशागत मर्यादा कायम गरी काममा तदारुकता दिन लागिपरेको थापाले बताउनुभयो । उहाँले प्रहरीको कामलाई थप जिम्मेवार बनाउन साउन १ गतेदेखि हालसम्म विभिन्न दर्जाका ४३ जनालाई कारबाही र ३३ जनालाई सम्मान गरिएको बताउनुभयो ।

थापाकाअनुसार प्रहरीको आन्तरिक शुद्धिकरण अभियान चालिएकाले पेशागत मर्यादा बाहिर गएर काम गर्ने जोकोहीलाई कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म रहेका छन् । तीमध्ये पाँचजनालाई जागिरबाटै बर्खास्त गरिएको थापाले जानकारी दिनुभयो ।

हटाइएका सबै प्रहरी जवान र हबल्दार रहेका छन् । कारबाहीमा पर्नेमा कामको सिलसिलामा आर्थिक चलखेल गर्ने, काममा लापर्बाही गर्ने, काम छोडेर भाग्ने, कुनै घटना हुँदा तदारुकता नदेखाउने, बिदा गएर समयमा नफर्किने लगायतका रहेको उहाँले बताउनुभयो ।

उनीहरुमध्ये अन्यलाई सचेत गराउने, नसिहत दिने, ग्रेड घटुवा गर्ने जस्ता कारबाही गरिएको छ । यसै अवधिमा परेको प्रहरी दिवसमा जिल्लाका ३३ जना प्रहरीलाई सम्मानित पनि गरिएको छ । सम्मानित हुनेमा प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म रहेका छन् ।

अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने, ट्राफिक व्यवस्थापनमा राम्रो काम गर्ने, विशेष टोलीमा खटिएर उपलब्धिपूर्ण काम गर्ने, निर्वाचनको क्रममा उत्कृष्ट काम गरेका, महत्वपूर्ण व्यक्तिको सुरक्षामा खटिएर राम्रो काम गरेका, महिला तथा बालबालिकाको क्षेत्रमा राम्रो काम गरेका र प्रहरीको सवारी चालक समेत रहेका छन् ।

आन्तरिक शुद्धिकरण अभियानमा जुटेकाले कामलाई चुस्त दुरुस्त गराउने क्रममा कर्तव्यको बोध नभएका प्रहरीलाई कारबाही गर्नुपरेको थापाले बताउनुभयो । आवश्यक जनशक्ति भन्दा दुई गुणा कम जनशक्तिको भरमा जिल्लाको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने भएकाले प्रहरी जनशक्तिलाई अनुशासित बनाएर राख्न पनि कारबाही प्रक्रिया कडाइका साथ गर्नुपरेको थापाको भनाइ छ ।

थोरै जनशक्तिले पनि जिल्लाको सुरक्षामा कुनै कमी हुन नदिएको उहाँले बताउनुभयो । विशेष परिस्थितिमा जिल्ला बाहिरबाट पनि प्रहरी झिकाएर सुरक्षा मजबुती कायम गरिएको थापाले बताउनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा