• होमपेज
  • मनोरञ्जन
  • सुनिल थापाको ‘अमेरिका बोइज’ घोषणा

सुनिल थापाको ‘अमेरिका बोइज’ घोषणा

  • आइतवार, अशोज २९, २०७४
सुनिल थापाको ‘अमेरिका बोइज’ घोषणा

काठमाडौँ,असोज २९ –

प्रवेश पौडेलको निर्देशनमा फिल्म ‘अमेरिका बोइज’ निर्माण हुने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो । तिहारपछि फ्लोरमा जाने फिल्मको अधिकांश छायांकन नेपालमा नै हुने निर्देशक पौडेलले जानकारी दिए । यसअघि पौडेलले विभिन्न फिल्ममा सह-निर्देशकको रुपमा काम गरेका थिए ।

अर्पण थापा, सुनिल थापा (राते काईला), हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने फिल्मको कथा विवेक पाण्डेले लेखेका हुन् । प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको फिल्मको लागत एक करोड रहने बताइएको छ । इन्द्र प्रसाद खरेल र डम्बर चन्दको पनि फिल्ममा लगानी रहनेछ ।

फिल्मको औपचारिक निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक प्रवेश पौडेलले ‘अमेरिका बोइज’ले ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने बताए । उनले भने, ‘नाम ‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा फिल्म निर्माण हुनेछ । फिल्मलाई राम्रो बनाउन सक्छौ भन्ने विश्वास छ ।’

यस्तै, अर्पण थापाले भने, ‘रेस्टुराँमा गएर धेरै बेर मेन्यू हेरेपछि अन्तिममा मोस्मो अडर गरेको जस्तै छ फिल्मको कथा पनि । तीन युवाले भोग्ने समस्याको कथा फिल्मले बोल्छ ।’ अर्का कलाकार सुनिल थापाले ‘अमेरिका बोइज’को कथावस्तु मन परेका कारण फिल्ममा काम गर्न लागेको बताए । फिल्मलाई अलोक सुक्लाले खिच्नेछन् । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत सुन्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि