• होमपेज
  • प्रविधि
  • ‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

  • आइतवार, अशोज २९, २०७४
‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

काठमाडौँ, असोज २९

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अर्जेन्टिनाको ब्यूनर्स आयर्समा भएको ‘विश्व दूरसञ्चार विकास सम्मेलन’मा भाग लिई आज स्वदेश फर्कनुभएको छ ।

स्वदेश फर्कने क्रममा मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा विश्वभरका विभिन्न देशका दूरसञ्चारको क्षेत्रमा भएका नवीनतम प्राविधिक प्रयोग, सफलता र अभ्यासको आदानप्रदानका बारेमा महत्वपूर्ण छलफल भएको बताउनुभयो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएका मन्त्री बस्नेतले सम्मेलनलाई यही अक्टोबर १० तारिखमा सम्बोधन गर्दै नेपालले हालसम्म दूरसञ्चार क्षेत्रमा गरेका प्रगति, विद्यामान समस्या र चुनौतीको प्रस्तुतिका साथै अन्तर्राष्ट्रिय दूरसञ्चार संघ ९आइटियु०ले नेपाललाई पु¥याएको सहयोगको सराहना गर्दै त्यसको निरन्तरताका लागि आग्रह गर्नुभएको थियो ।

सो अवसरमा उहाँले सन् २०२५ सम्ममा नेपाललाई ‘डिजिटल नेपाल’मा रुपान्तरण गर्न पूर्वाधार विकास र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड दिइएको धारणा व्यक्त गर्नुभएको थियो ।

सम्बोधनका क्रममा मन्त्री बस्नेतले आइटियुले अध्ययन अनुसन्धान गरी तयार गरेको ज्ञानलाई सदस्य मुलुकले अधिकतम प्रयोग गर्नुपर्ने, सूचना तथा सञ्चार प्रविधिको विकास र प्रयोगलाई विकाससँग आबद्ध गर्नुपर्ने, अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथको मूल्य घटाउन विशेष पहल गर्नुपर्ने र साइबर सुरक्षामा विशेष जोड दिनुपर्ने विषयमा सम्मेलनको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रत्येक चार वर्षमा अन्तर्राष्ट्रिय आइटियुले आयोजना गर्ने यस्ता सम्मेलनमा सहभागी हुँदा देशमा यस क्षेत्रमा अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन सहयोग पुुग्ने देखिन्छ ।

सम्मेलनको शुरुको दिन कमविकसित, भूपरिवेष्ठित, विकासोन्मुख र साना टापु विकासोन्मुख मुलुकका मन्त्रीबीच भएको छलफलमा नेपालले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिको प्रशंसा हुनाका साथै सो उपलब्धिलाई कसरी दिगो विकासका लक्ष्य प्राप्तिमा मद्दत पु¥याउन सकिन्छ भन्ने जिज्ञासा राखिएको थियो ।

सो अवसरमा मन्त्री बस्नेतले आइटियुका महासचिव होयुलिन झोव, बुर्किनाफासोका डिजिटल अर्थमन्त्री हड्जा फतिमत सानोनलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नाका साथै सूचना प्रविधिका क्षेत्रमा भएका प्रगति, चुनौती र सम्भावनाका बारेमा छलफलसमेत गरिएको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले नेपाल सरकारले इ–गभर्नेन्सलाई प्राथमिकता दिई मुलुकभर अप्टिकल फाइबर बिछ््याउने र इन्टरनेट सेवा व्यापक विस्तार गर्ने कार्यक्रम गर्नाका साथै स्वास्थ्य, शिक्षा, आर्थिक गतिविधिमा समेत सूचना प्रविधि र अनलाइन प्रणाली लागू गरी सर्वसाधारण जनताको समय र उत्पादन लागतसमेत घटना जाने र यसले दिगो विकास लक्ष्यमा प्राप्तिमा मद्दत पुुग्ने जानकारी गरानुभएको थियो ।

यस वर्षको सम्मेलन खासगरी सूचना तथा सञ्चार प्रविधिले दिगो विकासका लक्ष्य प्राप्त गर्न के कसरी मद्दत पु¥याउन सक्छ भन्ने सम्बन्धमा केन्द्रित रहेको मन्त्री बस्नेतले बताउनुभयो ।

सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री तथा दूरसञ्चारसम्बन्धी मन्त्रालय र संस्थाका वरिष्ठ अधिकारीबाट सहभागिता रहेको थियो । यही असोज २२ देखि शुरु भएको सम्मेलन कात्तिक ३ सम्म जारी रहनेछ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा