• होमपेज
  • समाचार
  • मन्त्रीको किताब बेच्न सरकारी गाडी दुरुपयोग

मन्त्रीको किताब बेच्न सरकारी गाडी दुरुपयोग

  • आइतवार, अशोज २९, २०७४
मन्त्रीको किताब बेच्न सरकारी गाडी दुरुपयोग

सिरहा ,असोज २९ –

सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक विक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको छ । मन्त्री सहाले लेखेको मधेसी मुक्तिका आधारहरु नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई मधेसका जिल्लाहरुमा विक्रि गर्दै हिंडेका छन् ।

शनिबार विहान बा २ झ २२६३ नम्बरको सरकारी गाडी लाहनस्थित सीता नोबेल पुस्तक पसल अगाडी भेटिएको हो । उक्त गाडीमा शशिभुषण साह सवार थिए । उनले आफू मन्त्रीको सचिवालयका कर्मचारी भएको स्वीकार गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

Facebook Comments

सम्बन्धित समाचार