• होमपेज
  • समाचार
  • बाजुरामा खुकुरी प्रहारबाट दुईको मृत्यु

बाजुरामा खुकुरी प्रहारबाट दुईको मृत्यु

  • शनिबार, अशोज २८, २०७४
बाजुरामा खुकुरी प्रहारबाट दुईको मृत्यु

बाजुरा,असोज २८ –

त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो । घटनामा नरेश गिरी खुकुरी प्रहारबाट घाइते भएको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिनुभयो ।

भट्टका अनुसार दाइ मोहन र भाइ गोरखबीच जग्गाका विषयमा भनाभन हँुदा खुकुरी प्रहार गरिएको बताउनुभयो । भाइ गोरखका तीन छोराले खुकुरी, खँुडा र फलामको पाइपले हानेर एकको घटनास्थलमा नै एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेको बूढीगंगा नगरपालिकास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गोरख तथा उहाँका २० वर्षीय छोरा योगेन्द्र र १६ वर्षीय दिनेशलाई प्रहरी नियन्त्रणमा लिइएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार