• होमपेज
  • समाचार
  • जिसस नवलपरासीमा दुवैतर्फ काँग्रेसको जित

जिसस नवलपरासीमा दुवैतर्फ काँग्रेसको जित

  • शुक्रबार, अशोज २७, २०७४
जिसस नवलपरासीमा दुवैतर्फ काँग्रेसको जित

ज्ञानु पगेनी,

नवलपरासी, असोज २७–

जिल्ला समन्वय समिती (जिसस) नवलपरासीमा नेपाली काँग्रेसले बाजी मारेको छ ।

प्रदेश ४ र ५ दुई प्रदेशमा विभाजित नवलपरासीको सुस्ता बर्दघाट पूर्व नवलपुर र सुस्ता बर्दघाट पश्चिम परासी दुवैतर्फको जिल्ला समन्वय समितीको निर्वाचन आज (शुक्रबार) भएको हो ।

नवलपुरको जिससमा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । जिससको प्रमुखमा चेसराम आले मगर निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उत्तर कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले छ मत पाए भने आलेले ११ मत पाए । यस्तै उपप्रखुमा काँग्रेसकी शारदा वि.क. निर्वाचित भईन् । नवलपुरका ८ वटा स्थानीय तहमा काँग्रेसको ११ मत र एमालेको ५ मत मात्रै रहेको थियो । जसले गर्दा एमालेले प्रमुख बाहेक अन्यमा उम्मेद्वारी दिएको थिएन । जसका कारण प्रमुख बाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएका छन् ।
महिला सदस्यहरुमा खिमा सारु, तुलीसरा सोमै मगर, ज्ञानुमाया शर्मा निर्वाचित भएका छन् भने अन्य सदस्यहरुमा बद्रीप्रसाद सापकोटा, मुरारी बहादुर घिमिरे, लक्ष्मीकान्त पाण्डे र दलीत अल्पसंख्यकमा मकरध्वज गुरुङ्गे निर्वाचित भएका छन् ।

यस्तै सुस्तापश्चिम प्रदेश नम्बर ५ परासी जिससमा नेपाली काँग्रेस र लोकतान्त्रिक (फोरम)को संयुक्त गठनबन्धनको प्यानल नै विजयी भएको छ । प्यानलमा प्रमुखमा नेपाली काँग्रेसका शिवशंकर प्रसाद राय, उपप्रमुखमा लोकतान्त्रिक फोरमका अब्दुल रहमान चुरिहार निर्वाचित भएका छन् । महिला सदस्यमा आशा देवि चौधरी, उषा बन्जाडे, चन्न्द्रकला शर्मा, लक्ष्मी वि.क., कृष्णबहादुर मगर, बजरंगि कोइरी, राजेश यादव (अहिर) निर्वाचित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार