• होमपेज
  • समाचार
  • भरतपुरमा बसको ठक्करबाट युवतीको ज्यान गयो

भरतपुरमा बसको ठक्करबाट युवतीको ज्यान गयो

  • शुक्रबार, अशोज २७, २०७४
भरतपुरमा बसको ठक्करबाट युवतीको ज्यान गयो

चितवन, असोज २७–

चितवनको भरतपुरमा आज विहान बसले मोटरसाईकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–१०, वीरेन्द्र क्याम्पस गेट अगाडि बा ३ ख २२८० नम्बरको बसले ना २० प ५५०० नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार गोर्खा पात्लुङ–७ बस्ने वर्ष २० की निशा थापाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

बस र मोटरसाईकल दुवै भरतपुरबाट नारायणगढ तर्फ जाँदै थियो । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार