• होमपेज
  • मनोरञ्जन
  • विभिन्न विधामा कालिका म्युजिक अवार्ड वितरण, क–कसले जिते अवार्ड ?

विभिन्न विधामा कालिका म्युजिक अवार्ड वितरण, क–कसले जिते अवार्ड ?

  • शुक्रबार, अशोज २७, २०७४
विभिन्न विधामा कालिका म्युजिक अवार्ड वितरण, क–कसले जिते अवार्ड ?

चितवन, असोज २७–

कालिका एफ.एम. प्रा.लि.ले आफ्नो १५ औं बार्षिकोत्सव अवसरमा बिहीबार १३ औं कालिका म्युजिक अवार्ड–२०७४ वितरण गरेको छ । गैंडाकोटमा रहेको नारायणी रिसोर्टमा आयोजित भव्य समारोहका बीच अवार्ड बितरण गरिएको हो ।

म्युजिक अवार्ड बितरण अन्र्तगत पप गीत संगीत संयोजन बिधामा हिमाल सागर, महिलातर्फ सर्वोत्कृष्ट गायिका टिका प्रसाई, पुरुषतर्फको सर्वोत्कृष्ट गायक हेमन्त राना, सर्वोत्कृष्ट गीतकारतर्फ योगेन्द्रमणी दाहाल, सर्वोत्कृष्ट पप ब्यान्ड तर्फ नाईन्टिन सेबेन्टीन फो एडीले अवार्ड जित्न सफल भएको छ । त्यस्तै आधुनिक गीत बिधामा सर्वोत्कृष्ट गायक युवराज चौलागाई, सर्वोत्कृष्ट गायिका सत्यकला राई, संगीत संयोजनतर्फ राजकुमार बगर, सर्वोत्कृष्ट शब्दतर्फ एकनारायण भण्डारीले अवार्ड जित्नु भएको थियो ।

यस्तै, नेपाली चलचित्र बिधामा सर्बाेत्कृष्ट गायक सुगम पोख्रेल, सर्वोत्कृष्ट गायिका रजिना रिमाल, संगीत संयोजनतर्फ दीपक शर्मा, सर्वोत्कृष्ट शब्द शान्ति प्रियाले कालिका म्युजिक अवार्ड प्राप्त गर्नु भयो । त्यस्तै लोकदोहोरी बिधामा सर्वोत्कृष्ट गायक राजु परियार, सर्वोत्कृष्ट गायिका देबि घर्ति मगर, सर्वोत्कृष्ट धुन सिरिश देबकोटा, सर्वोत्कृष्ट शब्द रमेश बिजी, स्थानीय लोकदोहरी सर्वोत्कृष्ट कलाकारतर्फ लक्ष्मी दाहालले अवार्ड जित्नु भएको थियो ।

सर्वोत्कृष्ट गजल बिधातर्फ राज सागर र शीतल कादम्बीनी, सर्वोत्कृष्ट म्युजिक भिडियोतर्फ निकेश खड्का, सर्वोत्कृष्ट राष्ट्रिय गीततर्फ राजेन्द्र बजगाई, सर्वोत्कृष्ट युगल गायनतर्फ राजनराज सिवाकोटी र अञ्जु पन्त, वर्ष भरीको सर्वोत्कृष्ट गीतको तर्फको अवार्ड कुटुमा कुटु गीतबाट राजनराज सिवाकोटीले प्राप्त गर्नु भयो ।

मध्य नेपालको उत्कृष्ट गायकतर्फ मनोज महतो, उत्कृष्ट संगीत संयोजनतर्फ महाराज थापा र सर्वोत्कृष्ट नव प्रबेशीतर्फ मिरा कार्कीले यस वर्षको कालिका एफ.एम म्युजिक अवार्ड प्राप्त गर्नु भएको छ ।
म्युजिक अवार्ड वितरण कार्यक्रममा उपस्थित कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति समेत प्रस्तुत गर्नु भएको थियो ।

कालिका एफ.एम.१६ औं वर्षमा प्रवेश

कालिका एफ.एम प्रा.लि भरतपुर १६ औँ वर्षमा प्रवेश गरेको छ । कालिका एफ.एम.२०५९ साल असोजको २६ गते स्थापना भएको थियो । यस्तै टि.भी कालिका पनि आज तेस्रो वर्ष पार गरी चौथौँ वर्षमा प्रवेश गरेको छ।

मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ.एम प्रा.लिको १५ औँ तथा टि.भी कालिकाको तेस्रो वाषिर्कोत्सवको अवसरमा असोज १ गतेबाट जारी सम्पूर्ण कार्यक्रम बिहीबार समापन भएको छ । गैडाकोटको नारायणी रिसोर्टमा सञ्चालन भएको कार्यक्रमलाई सम्बोधन गर्दै मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गित संगितसँगै समाज सेवामा कालिका मिडिया देशकै उदाहरणीय बनेको बताउनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका महजोडीले गीत संगीत क्षेत्रसँगै हास्य क्षेत्र उत्पादनशील हुँदै गएको बताउँदै यस क्षेत्रमा लाग्नेहरुलाई स्वागत गर्न आतुर रहेको बताउनु भयो ।

कार्यक्रममा कालिका मिडियाकी निर्देशक रिना गुरुङले गीत संगीतको सम्मानसँगै विशुद्ध समाजसेवाको लागी मिडियाको स्थापना गरेको बताउनु भयो ।

वार्षिकोत्सब समापन समारोह कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापा, ट्राफिक प्रमुख सन्तोष पन्त, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने, एनआरए अष्ट्रेलियाका डिला खरेल, चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र कँडेल, चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल, शिक्षाविद् रामकान्त सापकोटा, बुद्धिजीवी बामदेव शर्मा, आशा अस्पतालका सञ्चालक डा. शारदा कुँवर, आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सुरवीर थापामगर, चितवन मेडिकल कलेजकी एसोसियट प्रोफेसर ममता न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि