• होमपेज
  • समाचार
  • उदयपुरमा एकलाख ९५ हजार मतदाता

उदयपुरमा एकलाख ९५ हजार मतदाता

  • शुक्रबार, अशोज २७, २०७४
उदयपुरमा एकलाख ९५ हजार मतदाता

उदयपुर, असोज २७–

आगामी मंसिर १० र २१ गते हुन गइरहेको केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उदयपुरमा एकलाख ९५ हजार मतदाता संख्या पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार गत स्थानीय तहको निर्वाचनमा जिल्लामा मतदाताको संख्या एक लाख ६४ हजार ४४१ रहेको थियो ।

गत साउन महिनामा पुनः फोटोसहितको मतदाताको नामावली दर्ता गर्ने मिति निर्धारण गरेपछि उदयपुरमा करिब २२ हजार ४३४ जना मतदाता वृद्धि भई एक लाख ९५ हजार मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख एकबहादुर बस्नेतले बताउनुभयो ।

विगतमा उदयपुरमा केन्द्रका लागि प्रतिनिधिसभाका तीनवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो भने हालको नयाँ पुनःसंरचना अनुसार दुई निर्वाचन क्षेत्र केन्द्रको प्रतिनिधि सभाको लागि र चार निर्वाचन क्षेत्र प्रदेश सभाको लागि निर्धारण गरिएको छ भने स्थानीय तहमा चार गाउँपालिका र चार नगरपालिका रहेका छन् । –रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा