• होमपेज
  • मनोरञ्जन
  • ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज (भिडियो)

‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज (भिडियो)

  • बिहिबार, अशोज २६, २०७४
‘पिंजडा व्याक अगेन’को पहिलो गीत  रिलिज (भिडियो)

काठमाडौँ,असोज २६ –

एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म हो ‘पिंजडा’ । सोहि फिल्मको नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज भएको छ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘यता पनि छैन उता पनि छैन’ बोलको गीत सार्वजनिक गरियो ।

लोक लयको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने राजनराज र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । निखिल उप्रेती र सारा सिर्पाली फिचरिङ गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतको अडियो राम्रो बनेपनि भिडियोको कोरियोग्राफीमा कमजोरी देखिन्छ । भिडियोमा निखिल र साराको केमेष्ट्री भने सुहाएको छ । निखिल र साराले यसअघि ‘रुद्र’ फिल्ममा एकसाथ काम गरेका थिए ।

कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले सार्वजनिक गीतमा निकै कष्टसँग नृत्य गरेको सुनाए । नायिका साराले निखिल उप्रेतीसँग दोस्रो पटक काम गर्न पाउँदा खुशी महशुस गरेको बताइन् । यस्तै, फिल्मका निर्देशक हिमाल केसीले ‘पिंजडा व्याक अगेन’ एक दशक अगाडि प्रदर्शनमा आएको ‘पिंजडा’को सिक्वेल नभएको बताए । उनले भने, ‘विल्कुलै नयाँ कथावस्तुमा ‘पिंजडा व्याक अगेन’ निर्माण गरेका छौं । ‘पिंजडा’सँग यो फिल्मको कुनैपनि कनेक्सन छैन । एक्सनमा हामीले केही नयाँ प्रयोग गर्ने प्रयास गरेका छौं ।’

यो फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।

भिडियो हेर्नुहोस् :-

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि