नेपालगञ्ज,असोज २४ –
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस बाँकेको कुसुमस्थित लौकीखोला पुल नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य १३ जना घाईते भएका छन् ।
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकमध्ये सशस्त्र प्रहरी गण विराटनगरमा कार्यरत सिपाही रविन्द्र पाण्डेको मात्र सनाखत भएको छ । एक महिला र एक पुरुषको परिचय खुलेको छैन। बसमा जम्मा १७ यात्रु सवार थिए।