काठमाडौं,असोज २३ –
सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलाशले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
शर्माले आइतबारमात्रै आफूलाई सुनुवाइको मौका नदिई बर्खास्त गरिएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । शर्मालाई मन्त्रीस्तरीय बैठकमार्फत असोज ८ गते बर्खास्त गर्ने निर्णय भएको थियो ।
उनीमाथि वार्षिक आम्दानीमा गडबड गरेको, साझाकै लोगोमा व्यक्तिगत तरिकाले पुस्तक प्रकाशन गरेको, पुस्तक बिक्रीवितरणको हिसाबकिताब दुरुस्त नराखेको लगायतका आरोप छ ।