• होमपेज
  • समाचार
  • धनुषामा एमालेद्धारा ७० जनाको नाम सिफारिस,जेलमा रहेका व्यक्ति पनि सूचिमा

धनुषामा एमालेद्धारा ७० जनाको नाम सिफारिस,जेलमा रहेका व्यक्ति पनि सूचिमा

  • सोमवार, अशोज २३, २०७४
धनुषामा  एमालेद्धारा ७० जनाको नाम सिफारिस,जेलमा रहेका व्यक्ति पनि सूचिमा

धनुषा, असोज २३ –

नेकपा एमाले धनुषाले आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि ७० जनाको नाम सिफारिस गरेको छ ।
प्रतिधिसभाका लागि ४ र प्रदेशसभाका लागि ८ वटा निर्वाचन क्षेत्र रहेको धनुषामा प्रत्यक्षमा ३४ जना र समानुपातिकमा ३६ जनालाई उम्मेदवार बनउनका लागि सिफारिस गरेको धनुषा एमालेका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिनिधसभाका लागि धनुषा क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य योगनारायण यादव र सुधीरप्रसाद साहको नाम सिफारिस गरिएको छ ।
त्यस्तै क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य गंगाराम यादव, क्षेत्र नं. ३ बाट पोलिटब्युरो सदस्य रघुवीर महासेठ र ४ बाट पोलिटव्युरो सदस्य सत्रुधन महतो कोइरी र रघुवीर महासेठको नाम सिफारिस भएको छ ।
क्षेत्र नं. १ बाट सिफारिस भएका योगनारायण यादव सबैलाको विद्यालयमा भएको गोलीकाण्ड र हत्याकाण्डमा डेढ वर्षदेखि पूर्वपक्षका लागि जलेश्वर कारागारमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार