• होमपेज
  • समाचार
  • नयाँ शक्ति नेपालका प्रदेश नं. २ का संयोजक यादवले गरे पार्टी परित्याग

नयाँ शक्ति नेपालका प्रदेश नं. २ का संयोजक यादवले गरे पार्टी परित्याग

  • सोमवार, अशोज २३, २०७४
नयाँ शक्ति नेपालका प्रदेश नं. २ का  संयोजक यादवले गरे पार्टी परित्याग

धनुषा, असाज २३ –

नयाँ शक्ति नेपाल पार्टीका प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादवले पार्टी परित्याग गर्नुभएको छ । पार्टी संयोजक डा। बाबुराम भट्टराई पार्टीको मूल्य मान्यता विपरीत नेकपा एमालेसँग तालमेलसँगै पार्टी एकीकरणको प्रक्रियाअघि बढेको भन्दै प्रदेश २ का संयोजक डा। यादवले राजीनामा दिनुभएको हो ।
संयोजक डा. यादवले अक्रोश पोख्दै भन्नुभयो ‘डा.बाबुराम भट्टराईले पार्टी खोल्दा नयाँ शक्ति नेपाल पार्टी देशको वैकल्पिक पार्टी रहेको बताउनुभएको थियो । मधेसको हकहितका लागि सदैव लड्ने प्रतिबद्धता गरेपछि म पार्टीमा गएको थिएँ । तर मधेसलाई हेर्नै नचाहने पार्टी एमालेसँगै पार्टी एकताको प्रक्रिया सुरु गरेपछि त्यस्तो पार्टीमा बस्ने कुरै भएन ।’
डा. यादवले मधेस विरोधी पार्टीमा आफू कहिले पनि नजाने र मधेसको हकहितको लागि सदैव संघर्षरत रहने बताउनुभयो । उहाँले अहिले कुनै पार्टीमा जाने वा नजाने विषयमा कुनै निर्णय नलिएको समेत बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार