• होमपेज
  • समाचार
  • जिप दुर्घटना इजरायली पर्यटकको मृत्यु

जिप दुर्घटना इजरायली पर्यटकको मृत्यु

  • सोमवार, अशोज २३, २०७४
जिप दुर्घटना इजरायली पर्यटकको मृत्यु

लमजुङ, असोज २३ –

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जिप आइतबार साँझ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २६ वर्षीय इजरायली पर्यटक एवियाजर बेरिडको मृत्यु भएको हो । गम्भीर घाइते बेरिडलाई उपचारको लागि बेँसीशहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

चालकसहित १२ जना सवार जिप दुर्घटना भएको थियो । दुर्घटनामा अन्य दुई नेपालीसहित नौ जना विदेशी पर्यटक सामान्य घाइते भएका ताल प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक मनहरी थापा क्षेत्रीले जानकारी दिए ।

सामान्य घाइते एक नेपालीलाई लमजुङ अस्पतालमा उपचार गरिएको छ भने अन्यलाई हेलीकप्टरमार्फत काठमाडौँ लाने तयारी गरिएको छ । जिप बेँसीशहरबाट पर्यटक लिएर तालसम्मको लागि नै गएको बुझिएकोे छ । बेँसीशहर–चामे सडकखण्डबाट तालतर्फ जाने घुम्तीमा उक्त जिप दुर्घटना भएको थियो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार