• होमपेज
  • समाचार
  • डिआइजी नवराज सिलवाललाई एमालेले ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने

डिआइजी नवराज सिलवाललाई एमालेले ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने

  • आइतवार, अशोज २२, २०७४
डिआइजी नवराज सिलवाललाई एमालेले ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने

काठमाडौं,असोज २२-

डिआइजी नवराज सिलवाल नेकपा एमालेको प्रदेश सभाको लागि सिफारिसमा पर्ने भएका छन्। मंसिरमा हुने चुनावको लागि एमालेले डिआइजी सिलवाललाई ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने तयारी गरेको हो।

सिलवाललाई प्रदेशभामा समानुपतिकमा सिफारिस गर्ने निश्चित भएको एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। पहिलोपोष्टसँगको कुराकानीमा नेता श्रेष्ठले भने,‘एमाले प्रवेश गर्ने केही व्यक्तिलाई सिफारिस गर्ने लिष्टमा उहाँको नाम रहेको छ। उहाँ जतिको व्यक्तिलाई सिफारिस गर्नु नौलो कुरा भएन, उहाँ सिफारिसमा पर्नुहुन्छ।’

सिलवाल गत शुक्रवार मात्र औपचारिकरुपमा एमाले प्रवेश गरेका हुन्। नेपाल प्रहरीका डिआइजी सिलवालले केही साता अघि राजिनामा दिएपनि स्वीकृत भने भएको छैन। सर्वोच्च अदालतले आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै सिलवालले दायर गरेको रिट निवेदन खारेज गरेपछि सिलवालले नेपाल प्रहरीबाट राजजिनामा दिएका थिए।

Facebook Comments

सम्बन्धित समाचार