• होमपेज
  • समाचार
  • डोटीमा खाना पकाउने ग्यासको अभाव

डोटीमा खाना पकाउने ग्यासको अभाव

  • आइतवार, अशोज २२, २०७४
डोटीमा खाना पकाउने ग्यासको अभाव

डोटी, असोज २२ –

डोटीमा खाना पकाउने ग्यासको अभाव भएको छ । ग्यास आपुर्तिको जिम्मा पाएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले डोटीलगायत अन्य पहाडी जिल्लामा पर्याप्त मात्रामा ग्यास आपूर्ति गर्न नसक्दा डोटीमा ग्यास अभाव भएको हो ।
दसैँको समयमा माग अनुसार ग्यास आपूर्ति गर्न नसकिएकाले सुदूरपश्चिमका केही पहाडी जिल्लामा ग्यास अभाव भएको नेपाल आयल निगमका क्षेत्रीय प्रमुख शिवराज भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो ‘दसँैमा बढी ग्यास खपत भएकाले केही समस्या भएको हो, अहिले पर्याप्त मात्रामा ग्यास आउँदै छ, चाँडैनै ग्यास अभाव अन्त हुने छ ।’
डोटीलगायत क्षेत्रीय सदरमुकाममा ग्यास अभाव भएपछि स्थानियबासी तथा होटेल व्यवसायीहरुलाई निकै समस्या भएको दिपायलका स्थानियबासिन्दा रोशन बलायरले बताउनुभयो । ग्यास अभावले सबैभन्दा बढी होटेल ब्यबसायी मर्कामा परेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार