• होमपेज
  • समाचार
  • छताछुल्ल हुँदै खड्काको बदमासी, करोडौं असुलेर ट्यांकरलाई अनुमति दिएको खुलासा

छताछुल्ल हुँदै खड्काको बदमासी, करोडौं असुलेर ट्यांकरलाई अनुमति दिएको खुलासा

  • आइतवार, अशोज २२, २०७४
छताछुल्ल हुँदै खड्काको बदमासी, करोडौं असुलेर ट्यांकरलाई अनुमति दिएको खुलासा

काठमाडौ, असोज  २२- 

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ । खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’ को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका हुन् ।

इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गरेपछि उनी पदमा रहँदा गरेका बदमासी एकपछि अर्को सार्वजनिक हुन थालेको छ । खड्काको बर्खास्तपछि निगमका कार्मचारीले उनका अनियमितता एकपछि अर्को सार्वजनिक गरेका हुन । नागरिकमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार