• होमपेज
  • समाचार
  • परिवार दल पनि एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने

परिवार दल पनि एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने

  • शनिबार, अशोज २१, २०७४
परिवार दल पनि एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने

काठमाडौं,असोज २१-

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा (एमाले) सँग चुनावी गठबन्धन गर्ने भएको छ । दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन् । सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ ।

राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रका लागि एमाले र परिवार दलबीच सहमति भएको हो । सहमतिअनुसार संसद् बाहिर परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहने छ भने संसद्भित्र एमालेले ह्विप जारी गरेको विषयबाहेक अन्यमा परिवार दलका प्रतिनिधिले स्वतन्त्र ढंगबाट आफ्ना तथा पार्टीको विचार राख्न सक्नेछन् ।

एमाले गठबन्धनमा रहेका सबै पार्टीका उम्मेदवारलाई विजयी गराउन परिवार दल केन्द्रदेखि प्रदेश तहसम्म क्रियाशील रहने सहमतिमा उल्लेख छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले दुई पार्टीबीचको सहमति राष्ट्र र जनताको आवश्यकतानुसार भएको भन्दै राष्ट्रियता बलियो बनाउँदै मुलुकको तीव्र आर्थिक विकास गर्ने लक्ष्य रहेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको तीनबुँदे सहमतिपत्रमा ओली र परिवार दलका अध्यक्ष ढकालले हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा