नेपालको उत्तरपश्चिमी क्षेत्रको ३ हजार ९ सय ८२ मिटरको उचाईमा अवस्थित छ मुस्ताङ जिल्ला । यस जिल्लाको उत्तरी भाग अन्नपूर्ण र निलगीरी हिमालले ढाकिएको छ । नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङ गरी दुई भागमा विभाजित छ । माथिल्लो मुस्ताङ ट्रेकिङहरुका लागि एकदमै चर्चित छ भने तल्लो मुस्ताङ प्राकृतिक सुन्दरताका लागि उत्तिकै प्रख्यात छ । माथिल्लो मुस्ताङमा हिमाली हावापानी पाइन्छ ।
धौलागिरी र अन्नपूर्ण हिमालले ढाकिएका कारण यस जिल्लामा बंगालको खाडीबाट बहेको मनसुन वायुको प्रभावबाट वर्षा हुँदैन । पश्चिमी वायुको प्रभावबाट निकै कम पानी पर्ने यस जिल्लाको स्याउ एकदमै प्रख्यात छ । यसैबिच नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्लाका थप १० आकर्षणहरु यहाँ प्रस्तुत गरिन्छः
प्राकृतिक सुन्दरता
प्राकृतिक सुन्दरताको हिसाबले नेपालको मुस्ताङ जिल्ला एकदमै सम्पन्न रहेको छ । मुस्ताङका केही भुभाग जंगलले ढाकिएका छन् भने स्याउ बगान र ढकमक्क फुलिरहेका लालीगुराँस ले यहाँको सुन्दरतालाई थप निखारेको पाइन्छ ।
चट्टान
अन्नपूर्ण र धौलागिरी हिमालको छायाँमा रहेको यस जिल्ला चट्टानहरुले बनेको मरुभुमीजस्तै देखिन्छ । उच्च स्थानमा रहेका ले यहाँ दिउँसोको समयमा हावाको वहाव एकदमै तेज हुने गर्दछ । चाट्टाने माटो र चट्टाने पहाडको बाहुल्यता भएकाले यस जिल्ला रक क्लाइम्बिङका लागि उपयुक्त गन्तव्य मानिन्छ ।
गहिरो खोँच
कालीगण्डकी नदीको उद्गमस्थल मुस्ताङ जिल्लामा पर्दछ । मुलुकको दोस्रो ठूलो खोँच कालीगण्डकी नदीमा पर्दछ । मुस्ताङको चट्टानने पहाडहरुको बीचबाट कालीगण्डकी नदी बग्ने गर्दछ ।
एड्भेन्चरज खेलको गन्तव्य
चट्टानै चट्टानले बनेको जिल्ला भएकाले साइक्लिङ, रक क्लाइम्बिङ र राइडिङको उत्कृष्ट गन्तव्यका रुपमा मुस्ताङलाई लिने गरिन्छ । उच्च भाग मात्र नभएर मुस्ताङको भूगोल समथर र उच्च भाग मिलेर बनेको छ, जसले एड्भेन्चरस खेलहरुका लागि उपयुक्त स्थानको रुपमा मुस्ताङलाई लिने गरिन्छ ।
उपत्यकाहरु
मुस्ताङमा जोमसोम, कागवेनी, लोमाङथाङ जस्ता अति नै आकर्षक उपत्यकाहरु समेत रहेका छन् ।
हिमालयन श्रींखला
नेपालको उत्तरी भागमा पर्ने मुस्ताङ जिल्ला अन्नपूर्ण, निलगीरी जस्ता हिमश्रींखलाकमो काखैमा रहेको छ । ठ्याक्कै हिमश्रींखलाहरुको छायामा पर्ने जोमसोम उपत्यकालाई चिर्दै कालीगण्डकी नदी बहने गर्दछ ।
संस्कृति
प्राकृतिक रुपले मात्र नभएर मुस्ताङ जिल्ला सांस्कृतिक रुपले पनि उत्तिकै कलात्मक र सुन्दर छ । समथर स्थानहरुको गुरुङ जातीको वाहुल्यता रहेको मुस्ताङको जोमसोम उपत्यकामा भने थकाली वस्ती रहेको छ । त्यस्तै पूर्वी भागमा मानान्गेहरुको वसोवास रहेको छ भने उत्तरी भागमा तीब्बतीहरुको वसोवास रहेको छ । थकाली खानाका लागि प्रख्यात मुस्ताङको सांस्कृतिक विविधताले झनै सुनमा सुगन्ध थपेको छ ।
हिमपात
बाह्रैमहिना हिउँले ढाकिने हिमालहरुको काखमा रहेको मुस्ताङमा पनि हिउँ पर्ने गर्छ । विशेषतः जाडो महिनामा धेरै हिउँ पर्ने गर्दछ । हिउँमा खेल्नकै लागि भनेर पनि कतिपवय पर्यटकहरु मुस्ताङ पुग्ने गरेका छन् ।
खाना र चाडवाड
सांस्कृतिक विविधतासँगै यहाँ जातीअनुसार चाडवाड र खानामा पनि विविधता छ । यहाँको थकाली खाना विशेष चर्चित छ । साथै, वाइन, वियर, सुख्खा खाना जस्ता त्यहाँका स्याउबाट बनाइएका लोकल परिकारहरुले पनि पर्यटकको मन जित्ने गरेको पाइन्छ । तिब्बती बुद्ध धर्मावलम्बीहरुको तीजी पर्व यहाँको अर्को विशेषता हो । यहाँका मानिसहरुको पारिवारिक जीवशैली पनि अरुको भन्दा पृथक छ । परिवारका सबै दाजुभाइले साझा रुपमा एउटी श्रीमती विहे गर्ने प्रचलन समेत त्यहाँका कतिपय जातीमा रहेको छ ।
मुक्तिनाथ मन्दिर
हिन्दु र बुद्ध दुबै धर्मावलम्बीको साझा धार्मिकस्थलको रुपमा परिचित रहेको मुक्तिनाथ मन्दिर पनि यसै जिल्लामा पर्छ । हिन्दुहरुको चार धाममध्येको एक हो मुक्तिनाथ क्षेत्र । विभिन्न ऐतिहासिक स्थल र मन्दिरहरु हुँदै मुक्तिनाथ जने गरिन्छ । निरन्तर तातोपानी बगिरहने १०८ वटा धाराहरु यस मन्दिरको प्रमुख विशेषता हुन् ।