• होमपेज
  • अर्थ/वाणिज्य
  • दर्ता बिना ‘भण्डारा महोत्सव’ संचालन, कारवाही गर्ने राजश्व कार्यालयको चेतावनी

दर्ता बिना ‘भण्डारा महोत्सव’ संचालन, कारवाही गर्ने राजश्व कार्यालयको चेतावनी

  • शुक्रबार, अशोज २०, २०७४
दर्ता बिना ‘भण्डारा महोत्सव’ संचालन, कारवाही गर्ने राजश्व कार्यालयको चेतावनी

बिकास पौडेल,

चितवन, असोज २०–

चितवनको भण्डारामा दर्ताबिना नै महोत्सव संचालन भएको छ । राप्ती नगरपालिका वडा नं. ५ मा बिहीबारबाट सुरु भएको ‘भण्डारा साँस्कृतिक महोत्सव, कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७४’ दर्ताबिना नै संचालन गरेको पाइएको हो ।

कुनैपनि मेला महोत्सव संचालन गर्नुपूर्व आन्तिरक राजश्व कार्यालयमा अस्थायी रुपमा भ्याटमा दर्ता हुनुपर्ने हुन्छ । तर भण्डारा बजार युवा समाजले आयोजना गरेको ‘भण्डारा महोत्सव’ले आन्तिरक राजश्व कार्यालय भरतपुरमा दर्ता नगरी महोत्सव आयोजना गरेको छ । भण्डारा महोत्सवले आन्तिरक राजश्व कार्यालयमा अहिलेसम्म दर्ता नगरेको आन्तिरक राजश्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिनुभयो ।

कुनै क्लब, संस्थाहरुले मेला महोत्सव आयोजना गर्दा आन्तिरिक राजश्व कार्यालयमा अस्थायी रुपमा भएपनि भ्याटमा दर्ता गरी अनुमानित आयको २ प्रतिशत धरौटी समेत राख्नुपर्ने हुन्छ । यसरी दर्ता नगरी महोत्सव गर्नेलाई कारबाही सहित करको दायरामा ल्याउने पंगेनीले स्पष्ट पार्नुभयो । महोत्सवमा रहने प्रत्येक व्यवसाय, बाल उद्यान अनिवार्य रुपमा दर्ता गरेको हुनुपर्ने व्यवस्था रहेको छ । महोत्सव आयोजकले जिल्ला प्रशासन कार्यालयबाट भने महोत्सव संचालनको लागी अनुमती पाएको छ ।

प्रशासनबाट अनुमतीलिदा अनुमानित आयविवरण सहित महोत्सवमा गरिने गतिविधिको पूर्ण जानकारी गराएको हुनपर्छ तर भण्डारा बजार युवा समाजले पूर्ण कार्यक्रमको बिबरण समेत बुझाएको छैन ।

Facebook Comments

सम्बन्धित समाचार