• होमपेज
  • प्रविधि
  • डोल्पा दुई साता देखि संञ्चारविहिन

डोल्पा दुई साता देखि संञ्चारविहिन

  • शुक्रबार, अशोज २०, २०७४
डोल्पा दुई साता देखि संञ्चारविहिन

डोल्पा,असोज २० –

डोल्पा जिल्ला दुई साता देखि संञ्चारविहिन भएको छ । यहाँका विभिन्न स्थानमा राखिएको नमस्ते र स्काईको मोवाईल सेवामा समस्या उत्पन्न भएपछि डोल्पा संञ्चारविहिन भएको हो । यहाँको त्रिपुरा सुन्दरी नगरपालीका स्थित रसी लेकमा रहेको फोन सेवा सहितको रेडीयो लिंक टावरमा आवश्यक उपकरण थप्न बाँकी रहेकाले पटक–पटक मोवाईल सेवामा समस्या आईरहेको दुर संञ्चार क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।

झन्डै दुई साता देखि नमस्ते र स्काईको टावरमा समस्या देखिएकाले डोल्पाबासी संञ्चार विहिन भएको त्रिपुरा सुन्दरी नगरपालीका १ का स्थानीय प्रकाश पन्थीले बताए । ‘नमस्तेको मोवाईल सेवा त दुईसाता देखि नै ठप्प छ,स्काईको मोवाईल सेवा दुई चार दिनमा एक दिन मात्र आउने गर्दछ’पन्थिले भने । भौगोलिक रुपमा विकट डोल्पामा फोन सुविधा विना डोल्पालीको दैनिकी एकदमै कष्टकर बनिरहेकाले यथाशिघ्र मर्मतको लागि डोल्पालीले माग गरेकाछन् ।
प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यका अनुसार यहाँका विभिन्न ठाँउमा राखिएका रिपिटर टावरहरुमा समस्या उत्पन्न भएको हो । उनलेसंञ्चार असुविधा हटाउन यथाशिघ्र काम अगाडी बडाउन निर्देशन दिएको पनि बताए ।

बिशेष गरेर नमस्ते र स्काईको मोवाई सेवा अवरुद्ध भएपछि त्रिपुरा सुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका लगाएतका स्थानीय तहहरु सम्पर्क विहिन भएकाछन् ।
विभिन्न ठाँउमा राखिएका टावरमा समस्या उत्पन्न भएपछि नमस्ते र स्काई मोवाल सिमकार्ड लिएका हजारौँ सेवाग्राहीहरु समेत मर्कामा परेकाछन् ।
राती १२ बजे आँउछ नमस्तेको टावर
दुईसाता देखि डोल्पामा देखिएको संञ्चार असुविधा दिन प्रतिदिन बढदै गईरहेको छ । आजभोली नमस्तेको टावर राती १२ बजेपछि आउने गरेको सर्वसाधारणले बताएका छन् नमस्तेको टावर दिउसो आउँदैन राती १२ बजे देखि विहान पाँच बजे सम्म आउँछ र त्यसयपछि हराउने गर्दछ स्थानीय पुर्ण बिष्टले बताए । राती मात्र टावर आउने दिउँसो टावर नआउने विषयमा डोल्पाली अन्योलमा रहेको समेत स्थानीय बिष्टको भनाई छ ।
नमस्ते र स्काईका दुईवटै मोवाई सेवामा समस्या उत्पन्न भएपछि विभिन्न स्थानीय तहका कार्यालका कामकाजहरु सम्पादनमा पनि समस्या उत्पन्न भएको बताईएको छ । मेवाईल टावरमा समस्या उत्पन्न भएपछि डोल्पा सँग अन्य जिल्लाको सम्पर्क बिच्छेद भएको ठुलीभेरी नगरपालिकाका स्थानीय अमरसिंह कठायतले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार