• होमपेज
  • समाचार
  • धनकुटामा कांग्रेस र एमालेद्धारा चुनावका लागि उम्मेदवारको नाम सिफारिस

धनकुटामा कांग्रेस र एमालेद्धारा चुनावका लागि उम्मेदवारको नाम सिफारिस

  • शुक्रबार, अशोज २०, २०७४
धनकुटामा कांग्रेस र एमालेद्धारा चुनावका लागि उम्मेदवारको नाम सिफारिस

धनकुटा, असोज २० –

नेपाली कांग्रेस र नेकपा एमाले धनकुटाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा एमालेले पार्टी अध्यक्ष राजेन्द्र राईलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस गरेको छ । दुवै क्षेत्रीय कमिटीबाट अध्यक्ष राईको मात्रै नाम सिफारिस भएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख नैन विश्वकर्माले बताउनुभयो ।

त्यसैगरी प्रदेश सभाको लागि क्षेत्र नं। १ बाट निरन राई, टिकाराम चेम्जोङ र उमेश घिमिरेको नाम सिफारिस गरिएको छ । क्षेत्रीय समितिका सदस्यहरुको गरेको गोप्य मतदानबाट धेरै मत पाउने तीन जनाको नाम सिफारिस गरेको एमाले धनकुटाले जानकारी दिएको छ ।

त्यस्तै समानुपातिकतर्फ तारा तितुङ, भलकमान राई, दुर्गा लिंखा, नैन विश्वकर्मा, रुपलाल राई, देवमान राईलगायत १० जनाको नाम क्षेत्र नंं १ बाट सिफारिस भएको छ ।

त्यस्तै क्षेत्र नं। २ बाट प्रदेस सभाको लागि इन्द्रमणी पराजुलीको एकमात्रै नाम सिफारिस भएको छ । क्षेत्रीय समितिका बहुमत सदस्यहरुको सिफारिसमा पराजुलीको नाम सिफारिस भएको हो ।

त्यस्तै समानुपातिकतर्फ धर्मराज पौडेल, सुरेन्द्र पौडेल, भीम राई लगायत १२ जनाको नाम सिफारिस भएको छ । यी नामलाई जिल्ला कमिटीको बैठकले अनुमोदन गरेर केन्द्रमा पठाउने एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसले प्रतिनिधि सभाको लागिको केसर सुब्बा र चुडामणी धमलाको नाम सिफारिस गरेको छ । प्रदेश सभाको लागि क्षेत्र नं। १ बाट विजयसन्तोषी राई, मोहन वान्तवा, टिका भण्डारी र नविनकिशोर श्रेष्ठको नाम सिफारिस गरेको छ ।

त्यस्तै क्षेत्र नं। २ बाट धिरेन्द्र मिश्र, तिलक महतको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ मनोहर नारायण श्रेष्ठ, ईन्दिरा थापा विकास प्रधान, कमोट फोगो, हरिकुमार राई, लिला सुब्बालगायतको नाम सिफारिस भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार