• होमपेज
  • समाचार
  • पाल्पा–बुटवलको बाटो खुलेको चार घण्टा नबित्दै बन्द

पाल्पा–बुटवलको बाटो खुलेको चार घण्टा नबित्दै बन्द

  • शुक्रबार, अशोज २०, २०७४
पाल्पा–बुटवलको बाटो खुलेको चार घण्टा नबित्दै बन्द

पाल्पा, असोज २० –

दुई दिनपछि शुक्रबार बिहान ७ बजेबाट एकतर्फी संचालनमा आएको पाल्पा–बुटवलको बाटो फेरि बन्द भएको छ ।
बिहान मोटरसाइकल, कार , जिप लगायतका सवारी संचालन भए पनि बाटो मर्मतका लागि ११ बजेदेखि पुनः आवागमनमा रोक लगाइएको जिल्ला प्रंहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा झरेका ढुङ्गे पहिरोले गर्दा पटकपटक बाटो बन्द हुँदै आएको छ । पहिरो झर्ने क्रम नरोकिएकाले सडकमा खसेका पहिरो पन्छाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो ।
‘ढुंगा सहितको पहिरो झर्ने क्रम रोकिएको छैन’, आचार्यले उज्यालो अनलाईनसँग भन्नुभयो “पहिरो झर्ने क्रम रोकिए दुई–चार घण्टामा ठूला सवारी चल्ने गरी बाटो सफा गर्नेछौ । ”

प्रहरीका अनुसार बाटो बन्द भएकाले पाल्पा बाट बुटवल जाने सवारीलाई तानसेनको बर्तुङ्ग र बुटवल बाट पाल्पा आउने सवारीलाई बुटवलमै रोकिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार