• होमपेज
  • समाचार
  • ठोरीको सुवर्णपुरमा ५० वर्षीया महिलाको हत्या

ठोरीको सुवर्णपुरमा ५० वर्षीया महिलाको हत्या

  • शुक्रबार, अशोज २०, २०७४
ठोरीको सुवर्णपुरमा ५० वर्षीया महिलाको हत्या

हेम चापागाई,

पर्सा (बिजयबस्ती), असोज २०–

पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर–५ सुवर्णपुरमा एक महिलाको हत्या भएको छ । साबिक सुवर्णपुरकी ५० वर्षीया सानुलक्ष्मी बमजनको बिहिबार साँझ शव फेला परेको हो ।

घरबाट माटो लिन भनेर गएकी बम्जनको घरबाट ५ सय मिटर पर जमुना चौधरीको उखुबारीमा टाउँकोमा कोदालोले हानेर हत्या गरिएको अवस्थामा फेला परेकी हुन् । बलात्कार पछि हत्या भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । स्थानीय तथा परिवारले शुक्ष्म आुसन्धनको माग गरेका छन् । घटना गम्भीर भएकोले हेटौडाबाट तालिमप्राप्त कुकुरहरु ल्याई अनुसन्धान थालिएको प्रहरीेले जनाएको छ ।

घटनास्थालमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रेमबहादुर शाहीले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार