• होमपेज
  • समाचार
  • तेह्रथुम जिल्ला अस्पतालमा फार्मेसी सेवा शुरु

तेह्रथुम जिल्ला अस्पतालमा फार्मेसी सेवा शुरु

  • बिहिबार, अशोज १९, २०७४
तेह्रथुम जिल्ला अस्पतालमा फार्मेसी सेवा शुरु

तेह्रथुम, असोज १९–

जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सुचारु गरेको छ ।

अस्पतालमा आउने बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवासमेत शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा मुक्तिनारायण साहले बताउनुभयो । फार्मेसी शुरु भएपछि बिरामीलाई निजी क्लिनिकबाट महँगो शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता हटेको छ ।

अस्पतालभित्रै रहेको फार्मेसीमा सरकारले निःशुल्क दिने ७० सहित अत्यावश्यक १०० भन्दा बढी प्रकारका औषधि उपलब्ध रहेका छन् । निःशुल्क पाउनेबाहेकका औषधि १० प्रतिशत छुटमा २४ सै घण्टा बिरामीलाई उपलब्ध गराइएको डा साहले बताउनुभयो ।

फार्मेसी सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयले रु दुई लाख ५० हजार बीउ पूँजीका रुपमा खर्च गरेको छ । सोही रकमले अत्यावश्यक औषधि अस्पतालभित्रै उपलब्ध गराउने प्रयत्न गरिएको हो । चालु आर्थिक वर्षमा पनि बजेट थप गरेर अझै व्यवस्थित गर्ने योजना रहेको डा साहले बताउनुभयो । –रासस

Facebook Comments

सम्बन्धित समाचार