सिराहा असोज ४ –
मधेस केन्द्रित दलहरुको आफ्नो प्रभाव रहेको दावी गर्ने सिराहाको लहान नगरपालिकाको मेयरमा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार मुनी साहले २ हजार १६४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि एमालेकै सरियार चौधरीले १ हजार ८५४ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका अमितलाल चौधरीले १ हजार ५७३ मत प्राप्त गरेका छन् ।
संघीय समाजवादी फोरमका बैजनाथ साहले १ हजार ३७२ मत तथा राजपाका लगनलाल चौधरी १ हजार ३५९ मत प्राप्त गरेकाक छन् ।