• होमपेज
  • समाचार
  • सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी

सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी

  • बुधबार, अशोज ४, २०७४
सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी

राजविराज, असोज ४ –

सप्तरीको राजविराज नगरपालिकाबाहेक १७ वटा स्थानीय तहमा मतगणनाको कार्य आज पनि जारी रहेको छ । पछिल्लो पटक जिल्ला निर्वाचन कार्यालयले दिएको मतगणनाको परिणामअनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वडाध्यक्ष युवा उम्मेदवार सन्तोष यादव (गोइत) को प्यानलै विजयी भएको छ ।

गोइतले २४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सहिन मगरदैता ९यादव०ले ११० मत प्राप्त गरेका छन् ।

राजपाका तर्फबाट दलित महिला सदस्य राजकुमारी सदा, सदस्य शिवचरण मण्डल र रामकिसुन खडकासहित राजपाको प्यानलनै विजयी भएको राजपाले जनाएको छ ।

यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ मा पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार लक्ष्मी खंग मण्डलको प्यानलै विजयी भएको छ ।

हिजो मात्र सप्तरीको सप्तकोशी नगरपालिका–१ मा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद आचार्यको प्यानल नै विजय भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार राजविराज नगरपालिका–१५ का वडाध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि उक्त वडामा असोज ५ गते मतदान हुने भएपछि राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुन नसकेको र अहिले १७ वटा स्थानीय तहमा मतगणना जारी रहेको बताइएको छ ।

मतगणना परिणामअनुसार मुख्य पाँच दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच तीव्र प्रतिस्पर्धा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, विष्णुपुर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले अग्रता कायम गरेका छन् ।

सुरुंगा नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार ७३५ मत प्राप्त गरी अगाडि छन् भने संघीय समाजवादी फोरम नेपाल ५८१ मतसहित दोश्रो स्थानमा र ४५४ मतसहित नेपाली काँग्रेस तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा नयाँ शक्ति पार्टीले आफ्नो अग्रता कायम गरेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि