एजेन्सी, असोज ३ –
सनी लियोनीको एउटा विज्ञापन विवादमा परेको छ । भारतको गुजरातमा कण्डमको विज्ञापनलाई लिएर मानिसले विरोध गरेका हुन् ।
नवरात्रीमा हुने मेला गरबासँग जोडिएको र मेला हुने स्थानमा कण्डमको उक्त विज्ञापन राखिएपछि विरोध गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विरोध गर्न लागेपछि विज्ञापनको होर्डिङ बोर्ड सुरक्षित राख्न प्रहरी तैनाथ गरिएको थियो । पछि उक्त विज्ञापनको होर्डिङ बोर्ड हटाइएको थियो ।
होर्डिङ बोर्डको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि विरोध प्रदर्शन सुरु भएको थियो । सनी लियोनी रहको कण्डमले धार्मिक भावनामाथि चोट पुर्याएको आरोप लगाउँदै सामाजिक संगठनले विरोध गरेका थिए । नवरात्री भर ९ दिनसम्म पूजा हुने स्थानमा यस खालको विज्ञापन राख्न नहुने बताएपछि यसलाई हटाइएको थियो ।