• होमपेज
  • समाचार
  • काँग्रेसको कोजाग्रत पूर्णिमाको दिन ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा चियापान कार्यक्रम

काँग्रेसको कोजाग्रत पूर्णिमाको दिन ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा चियापान कार्यक्रम

  • मङ्लबार, अशोज ३, २०७४
काँग्रेसको कोजाग्रत पूर्णिमाको दिन ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा चियापान कार्यक्रम

काठमाडौँ,असोज ३ –

नेपाली काँग्रेसले दशैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्बन्धित संसदीय/प्रादेशिक निर्वाचन क्षेत्रमा नै गर्ने भएको छ ।

यस वर्ष भने ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘आसन्न संसदीय र प्रादेशिक निर्वाचनका लागि आम जनता माँझ क्रियाशील रहनु पर्ने भएकाले सो कार्यक्रमलाई अझ व्यापकता दिनु पर्ने आवश्यकता बोध गर्दै केन्द्रको सट्टा यस वर्षको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै आयोजना गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ,’ मुख्य सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विक्रम संवत २०३३ सालमा प्रवासबाट स्वदेश फर्किएपछि वीपी कोइरालाले शुरु गरेको परम्परालाई निरन्तरता दिँदै दशैंको कोजाग्रत पूर्णिमको दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार