दुष्यन्त चौधरी,
बारा, असोज ३–
प्रदेश नं.२ अन्तरगत बारा जिल्लामा हिजो भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदाताहरुमा मतदाता शिक्षामा कमी देखिएको छ ।
बाराको पचरौटा गाउँपालिका १ हजार ५ सय मत गदा २ सय मत पूर्ण रुपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पचरौटा गाउँपालिकामा राजपा अगाडि देखिएको छ । मेयरमा राजपा (५२४), एमाले (४७९), संघीय समाजवादी फोरम नेपाल (१४७), काँग्रेस (४५) मत प्राप्त गरेको छ ।
बारामा मूख्य दलहरुबीच नै प्रतिस्पर्धा देखिएको छ ।