• होमपेज
  • समाचार
  • हवाई आक्रमणमा परि इराकमा ३०६ आइएस लडाकू मारिए

हवाई आक्रमणमा परि इराकमा ३०६ आइएस लडाकू मारिए

  • मङ्लबार, अशोज ३, २०७४
हवाई आक्रमणमा परि इराकमा ३०६ आइएस लडाकू मारिए

एजेन्सी असोज ३ –

इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परि ३०६ जना अतिवादी इस्लामिक लडाकू मारिएका छन् । लडाकूहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू ध्वस्त भएको इराकी सेनाले आइतबार जनाएको छ ।

जेट लडाकू विमान मार्फत् यही सेक्टेम्बर ११ देखि १६ सम्म आईएसको मुख्यालय र त्यस वरपर आक्रमण भएको हो । अकासात, आना, अल क्विम लगायत अन्बार प्रदेशका विभिन्न ठाँउहरुमा आक्रमण भएको गुप्तचर संचार अधिकृतले वक्तव्यमा भनेका छन् ।

हवाई आक्रमण अकासात क्षेत्रमा २९ जना आइएस लडाकूहरुलाई लक्षित गरेर गरिएको थियो । चार जना आतङकबादी नेता सहित १२० जना लडाकूहरु मारिएको वक्तव्यमा जनाइएको छ ।

मायाडिन क्षेत्रका ६ जनालाई पनि लक्षित गरेर हवाई आक्रमण गरिएको थियो । जहाँ रहेका दर्जनौ लडाकूहरु मारिएका छन् भने तीन ओटा सवारी साधन पनि ध्वस्त भएका छन् । – रासस

तस्विरः एजेन्सी

Facebook Comments

सम्बन्धित समाचार