• होमपेज
  • समाचार
  • सडक दुर्घटनामा तिमिल्सिनाको मृत्यु

सडक दुर्घटनामा तिमिल्सिनाको मृत्यु

  • मङ्लबार, अशोज ३, २०७४
सडक दुर्घटनामा तिमिल्सिनाको मृत्यु

काठमाडौँ,असोज ३ –

गए राति शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ ।

चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका क्रममा बा७च ६२०७ नं को टाटा मोबाइलले ठक्कर दिई गम्भीर घाइते भएकामा उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालक प्रहरी नियन्त्रणमा छन् । – रासस

Facebook Comments

सम्बन्धित समाचार