• होमपेज
  • समाचार
  • प्रदेश नं.२ मा माओवादी केन्द्रको चौथो जित

प्रदेश नं.२ मा माओवादी केन्द्रको चौथो जित

  • मङ्लबार, अशोज ३, २०७४
प्रदेश नं.२ मा माओवादी केन्द्रको चौथो जित

बारा, असोज ३–

प्रदेश नं.२ को स्थानीय तहमा माओवादी केन्द्रले चौथो जित हात पारेको छ ।

बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी भएका हुन्। यो सँगै माओवादी केन्द्रले प्रदेश नम्बर दुईमा अहिलेसम्म ४ वडा जितेको छ।
यसअघि रौतहटको फतुहा विजयपुर नगरपालिका वडा नं.१का उम्मेदवार संजय साहले विजयी भएका छन्।

त्यसअघि माओवादी धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा विजयी भएको थियो।

त्यस्तै माओवादीले सिरहाको कर्जन्हा नगरपालिका वडा नं। १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएका थिए।

Facebook Comments

सम्बन्धित समाचार