• होमपेज
  • समाचार
  • महोत्तरीको मनरा सिस्वा नपामा राजपा अगाडि

महोत्तरीको मनरा सिस्वा नपामा राजपा अगाडि

  • मङ्लबार, अशोज ३, २०७४
महोत्तरीको मनरा सिस्वा नपामा राजपा अगाडि

गौशाला, असोज ३–

महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ ।

निर्वाचन अधिकृत यामबहादुर कार्कीका अनुसार प्रारम्भिक मतगणनामा राजपा पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् ।

उहाँले ५५० मतपत्र गणना भएकोमा १३५ मत ल्याएर राजपा पहिलो, ११७ मत ल्याएर माओवादी केन्द्र दोस्रो र ५५ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् ।

मनरा सिस्वा नगरपालिकामा गएराति ११:३० बजेदेखि मतगणना शुरु भएको थियो ।

नौ स्थानमा मतगणना

यसैबीच, बर्दिवासबाट प्राप्त समाचार अनुसार सोमबार मतदान सम्पन्न भएका महोत्तरी जिल्लाका १५ स्थानीय तहमध्ये नौ ठाउँको मतगणना अहिले जारी छ ।

आज बिहान शुरु भएको मतगणनाको प्रारम्भिक अवस्था सार्वजनिक हुन थालेका छन् जसअनुसार जलेश्वर र भङ्गाहा नगरपालिकामा १०० मतपत्र गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी, बर्दिवास, रामगोपालपुर, मनरा शिस्वा, बलवा र गौशालामा मतपत्र गन्न शुरु गरिएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सात नपा र दुई गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिनुभयो ।
बाँकी तीन नगरपालिका र तीन गाउँपालिकाको अहिले बिहान ८ बजे मतगणना शुरु गरिने सहमतिअनुसार तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
महोत्तरीमा हिजो सम्पन्न चुनावमा कुल तीनलाख आठहजार ४०४ मतदातामध्ये ७३ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार