• होमपेज
  • समाचार
  • पोखरामा दुईलाख रुपैयाँसहित छजना जुवाडे पक्राउ

पोखरामा दुईलाख रुपैयाँसहित छजना जुवाडे पक्राउ

  • मङ्लबार, अशोज ३, २०७४
पोखरामा दुईलाख रुपैयाँसहित छजना जुवाडे पक्राउ

पोखरा, असोज ३–

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जुवा खेलिरहेको अवस्थामा छ जनालाई रु दुई लाख २६ हजार ६१५ नगदसहित पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा गएको प्रहरी टोलीले वडा नं १६ का बालकृष्ण गुरुङ, ओमबहादुर गुरुङ, इमानसिंह गुरुङ, वडा नं १ बगरका शेरबहादुर गुरुङ, वडा नं १४, चाउथेका यामबहादुर गुरुङ र घरधनी शम्शेर गुरुङलाई पक्राउ गरिएको प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ गरिएका सबैलाई जिल्ला अदालत कास्कीबाट सोमबारै जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । –रासस

Facebook Comments

सम्बन्धित समाचार