• होमपेज
  • समाचार
  • १० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का

  • आइतवार, अशोज १, २०७४
१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का

काठमाडौं, असोज १–

नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धान अनुसार नेपालमा १० हजार नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँका दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्याइन रहेको थाहा भएको छ’, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरु चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार