• होमपेज
  • समाचार
  • उत्तर कोरियाले फेरि दियो अमेरिकालाई चेतावनी, ‘हाइड्रोजन बम खसाल्छौं’

उत्तर कोरियाले फेरि दियो अमेरिकालाई चेतावनी, ‘हाइड्रोजन बम खसाल्छौं’

  • शनिबार, भदौ ३१, २०७४
उत्तर कोरियाले फेरि दियो अमेरिकालाई चेतावनी, ‘हाइड्रोजन बम खसाल्छौं’

काठमाडौं, भदौ ३१ –

पछिल्लो मिसाइल परीक्षणपछि युरोपमा उत्तर कोरियाको संस्कृतिक सम्बन्ध विशेष प्रतिनिधि एलेग्जेन्ड्रो काओ डि बेनोले उत्तर कोरिया अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार रहेको चेतावनी दिएका छन् । यति मात्र होइन उनले उत्तर कोरिया आजको मितिमा अमेरिकाको कुनै पनि शहरलाई निशाना बनाउन सक्षम रहेको चेतावनीसमेत दिए ।

एलेग्जेन्ड्रो काओ डि बेनोलाई किम जोन उनको सवैभन्दा नजिकको मानिसको रुपमा लिइने गरिएको छ । परमाणु परीक्षणपछि दुई हप्ताभन्दा कम समयमा उत्तर कोरियाले जापानमाथिबाट अर्को एक मिसाइल परीक्षण गरेको छ । जसका कारण यो क्षेत्रमा चलिरहेको तनाव थप बढेको छ ।

एलेक्जेन्ड्रोले बीबीसीसँग भने,‘अमेरिकाका सवै वैज्ञानिकले यो पत्ता लगाएका छन् कि हामीले जुन मिसाइल परीक्षण गरेका छौं त्यो कम उचाइका बाबजूद पनि लामो दूरी तय गर्न सक्छ । यसलाई हामी चार हजार किलोमीटर पर पठाउन सक्छौं । अर्थात अब हामी अमेरिकाको लगभग सवै शहरसम्म पहुँच राख्छौं ।’

उनले भने,‘यसका अलावा हामीले कयौं परमाणु परीक्षण गरेको छौं । यो हाम्रो परमाणु क्षमताले देखाएको छ । विश्वलाई अब हाम्रो प्रविधि र वैज्ञानिक क्षमता थाहा भएको छ ।’ उत्तर कोरियाको सेनाले भनेको छ,‘मिसाइलले ७७० किलोमिटरको उचाइ हासिल गरेको छ र होकाइदोको समुन्द्रमा करिब ३७०० किलोमिटरको दुरी तय गरेको छ ।’

काउ डि बेनो भन्छन्,‘डोनाल्ड ट्रम्प यो जान्दछन् कि खेल खत्तम भइसकेको छ । तर विश्वका अगाडि टिभीमा आफ्नो विवशता भन्दै ढोंगा पिटिरहेका छन् की अमेरिकालाई फेरि महान बनाउने प्रयास गरिरहेका छौं ।’ उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिका लगातार चेतावनी दिइरहेको छ । तर उत्तर कोरियामाथि यसको असर परेको देखिएको छैन ।

Facebook Comments

सम्बन्धित समाचार