• होमपेज
  • समाचार
  • शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार, मिर्गौला निकाल्न नदिए मार्ने धम्की

शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार, मिर्गौला निकाल्न नदिए मार्ने धम्की

  • शनिबार, भदौ ३१, २०७४
शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार, मिर्गौला निकाल्न नदिए मार्ने धम्की

काठमाडौं, भदौ ३१-

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ ।

२० पुस ०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला निकालेर बिक्री गरिएको हो । गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । कागजी प्रक्रिया पूरा गर्न दलालहरूले खत्रीको नक्कली नागरिकता बनाएका थिए ।

पोखरामा घर निर्माणको काम गर्ने खत्रीलाई स्थानीय नारायण जिसीले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, ऋणमा गाडी र जागिर उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए । जिसीले उनलाई भक्तपुरका प्रकाश बस्नेतको जिम्मा लगाए । उनले मृगौला प्रत्यारोपण गरिएका शम्भुलालसँग चिनजान गराए । मृगौला झिकिनुअघिको चार महिना खत्री उनकै घरमा बसे । तर, सहमतिअनुसार तस्कर समूहले रकम नदिँदा एक वर्षपछि खत्रीले घटना बाहिर ल्याएका हुन् । सुरुमा आफुलाई मिगौला निकालिने जानकारी नै नभएको, अन्तिम समयमा थाहा पाउँदा मृगौला निकाल्न नदिए ज्यान मार्ने धम्की समेत तस्करहरुको समुहले दिएको उनको दाबी छ ।

अप्रेसन गरेपछि तस्कर श्रेष्ठले नवीनलाई एक लाख २५ हजार रुपैयाँ दिएका थिए । सहमतिअनुसार पैसा नदिए मिडियामा जाने चेतावनी दिएपछि खत्रीले पुनः पाँच लाख पाएका थिए । उनी ‘पोखरामा घर बनाउने काम गर्दै आएको थिएँ ।

खाजा खाने क्रममा पोखराका नारायण जिसीसँग चिनजान भयो । नजिकिँदै जाँदा उनले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, गाडी र जागिर उपलब्ध गराउने भन्दै काठमाडौं लिएर आए,’ खत्रीले भने ।

फर्जी नागरिकता बनाएर मिर्गौला निकालियो

रक्त समुह मिलेमा परिवारका सदस्यबीच मात्रै मिर्गौला प्रत्यारोपण गर्न पाइने कानुनी प्रावधान छ । परिवार बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएकाले दलालहरुले खत्रीको नक्कली नागरिकता बनाएर अस्पतालमा पेस गरेका थिए ।जसमा अस्पतालका कर्मचारीहरु धनबहादुर गुरुङ र कुमार खनालले पनि उनीहरुलाई सघाएको आशंका छ ।

मिर्गौला निकालिएको विषयमा शम्भुलाल श्रेष्ठ र प्रकाश बस्नेतलाई फोन गर्दा उनीहरू सम्पर्कमा आउन चाहेनन् । शिक्षण अस्पतालले खत्रीलाई २३ र शम्भुलाललाई २५ पु’स ०७३ मा डिस्चार्ज गरेको थियो । नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले खबर लेखेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार