• होमपेज
  • समाचार
  • थवाङ गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा नेकपाले लियो

थवाङ गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा नेकपाले लियो

  • शुक्रबार, भदौ ३०, २०७४
थवाङ गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा नेकपाले लियो

काठमाडौं,भदौं ३०-

रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । नेकपाका रोल्पा जिल्ला सेक्रेटेरी जागृतिले घर्तीको अपहरणको जिम्मा लिएका हुन् ।

यद्यपी उनले आफूहरुले अपहरण गरेको नभइ छलफलका लागि आफूहरुसँगै राखेको बताएका छन् । ‘छलफलको लागि बोलाएका हौं र समझदारीमै छलफलमा रहेका छौं,’ उनले भने । बिहीबार राति ससुराली घरमा सुतिरहेको बेला थवाङ गाउँपालिका प्रमुख घर्तीलाई नेकपा कार्यकर्ताले नियन्त्रणमा लिएका थिए ।

शनिबार आयोजित थवाङ गाउँसभा कार्यक्रम उदघाटनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई आफूहरुको अनुमतिविना किन बोलाएको भन्दै नेकपाले नियन्त्रणमा लिएको हो ।

‘पुरानो सत्ताको जनपरिषदको अधिवेशन राखेकोले वियोगलाई बोलाएका हौं,’ नेकपा सेक्रेटरी जागृतिले भने । स्थानीय चुनावमा नेकपा, नेपाली कांग्रेस, नेकपा एमालेसहितको गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वीरबहादुर घर्ती थवाङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार