• होमपेज
  • समाचार
  • निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन हुनुपर्छ : नेता अधिकारी

निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन हुनुपर्छ : नेता अधिकारी

  • शुक्रबार, भदौ ३०, २०७४
निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन हुनुपर्छ : नेता अधिकारी

पोखरा, भदौ ३० –

नेकपा एमालेका सल्लाहकार परिषद्का उपाध्यक्ष एवं पूर्वमन्त्री खगराज अधिकारीले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन आजको आवश्यकता रहेको बताउनु भएकोछ ।
प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न निर्वाचन आयोग कटिवद्ध हुनुपर्ने बताउनुभयो ।

मुलुकले प्राप्त गरेको उपलब्धिको रक्षार्थ तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न अपरिहार्य रहेको बताउँदै उहाँले सरकारले निर्वाचन टार्न विभिन्न बहाना बनाइरहेको आरोप लगाउनुभयो ।

तराईका आठ जिल्लामा हुन गइरहेको तेस्रोचरणको निर्वाचनमा नेकप एमाले पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै नेता अधिकारीले निकट भविष्यमा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनमा सिंगो पार्टी एक ढिक्का भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल र सचिव अर्जुन गिरीले मुलुकको समसामयिक विषयमा प्रकाश पार्नुभएको थियो । – राससॱ

Facebook Comments

सम्बन्धित समाचार