• होमपेज
  • समाचार
  • प्रधानमन्त्रीद्धारा आचारसंहिता उलंघनः सरकारी गाडी चढेर पार्टी कार्यक्रममा

प्रधानमन्त्रीद्धारा आचारसंहिता उलंघनः सरकारी गाडी चढेर पार्टी कार्यक्रममा

  • शुक्रबार, भदौ ३०, २०७४
प्रधानमन्त्रीद्धारा आचारसंहिता उलंघनः सरकारी गाडी चढेर पार्टी कार्यक्रममा

जनकपुरधाम,भदौं ३०-

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी गाडी चढेर नेपाली कांग्रेसको पार्टी कार्यक्रममा सहभागी भएका छन्। निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू गरिसकेको अवस्थामा उनी आचारसंहिता उल्लंघन गर्दै सरकारी गाडी चढेर प्रदेश नं.२ को विभिन्न जिल्लामा चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन्।

नेपाली कांग्रेस धनुषाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा सरकारी गाडी र दलदलबलका साथ सहभागी भइरहेका छन्। निर्वाचन आचार संहिताले चुनाव प्रचार प्रसारमा सरकारी गाडीको प्रयोगमा निषेध लगाएको छ। प्रदेश नं.२ को स्थानीय तहको निर्वाचनमा मानव अधिकारको विषय अनुगमनमा खटिएका राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले प्रधानमन्त्री जस्तो उच्च ओहदाका व्यक्तिले नैतिकताको आधारमा पनि आचार संहिताको ख्याल गर्नुपर्ने बताए।

सरकारको प्रमुख हैसियतमा रहेका व्यक्तिले पनि निर्वाचन आचार संहित लागिसकेको अवस्थामा पार्टी, चुनावी सभामा भाग लिनु तथा सरकारी गाडीको दुरुपयोग गर्नु निर्वाचन आचारसंहिताको अवहेलना हो, यदि यस्तो प्रकारको कुनै पनि आचार संहिता उलंघनका घटनालाई निवाचन आयोगले पन्छाउन हुँदैनु उनले भने।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रधानमन्त्रीको सचिवालयले तराई भ्रमणको लागि अनुमति लिए पनि कुनै पार्टीको सभा वा सम्मेलनमा भाग लिन अनुमति नलिएको बताए। उनले भने प्रधानमन्त्रीज्यूले सरकारी कामकाजको लागि अनुमति लिनुभएको छ, तर कुनै पार्टी प्रवेश वा निर्वाचन सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी हुन अनुमति लिइएको छैन।

धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण चापागाईले प्रधानमन्त्रीले निर्वाचन आचार संहिता उलंघन गरेको वा नगरेकोबारे निर्वाचन आयोगलाई जानकारी हुन सक्ने बताए।

Facebook Comments

सम्बन्धित समाचार