• होमपेज
  • समाचार
  • कोमल ओलीको दाङबाट संघिय चुनाव लड्ने

कोमल ओलीको दाङबाट संघिय चुनाव लड्ने

  • शुक्रबार, भदौ ३०, २०७४
कोमल ओलीको दाङबाट संघिय चुनाव लड्ने

काठमाडौँ,भदौं ३०-

चर्चित लोक गायिका कोमल ओलीले आफु दाङको क्षेत्र नम्बर ३ बाट संघिय चुनाब लड्ने चाहना ब्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल ट्विटरमा गायीकाले आफु दाङको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मनसाय भएको र आफ्नो यो योजना ठिक भए नभएको सुझाव दिन समेत आफ्ना शुभचिन्तकसँग आग्रह गरेकी छन् ।

लोक गायनमा ख्याती कमाएकी साथै रेडियो नेपालमा समाचार बाचकको जागिर छोडेर केही समय अघि कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाल प्रवेश गरेकी गायीका ओली राप्रपाको एकिकरण महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । उनी सदस्यहरुमा भारि मतले निर्वाचिन भएकी हुन् ।

Facebook Comments

सम्बन्धित समाचार