• होमपेज
  • समाचार
  • नेपाली काँग्रेस मधेशीकालागि संघर्ष गर्दैछः नेता केसी

नेपाली काँग्रेस मधेशीकालागि संघर्ष गर्दैछः नेता केसी

  • शुक्रबार, भदौ ३०, २०७४
नेपाली काँग्रेस मधेशीकालागि संघर्ष गर्दैछः  नेता केसी

सप्तरी, भदौ ३०–

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले २००७ सालदेखि नेपाली काँग्रेसले मधेश र मधेशीको अधिकार र पहिचानका लागि संघर्ष गर्दै आएको र अहिले पनि लागिपरेको बताउनुभएको छ ।

उहाँले बिहीबार साँझ राजविराजमा नेपाली काँग्रेस नगरसमिति, राजविराजद्वारा आयोजित कार्यक्रममा उहाँले आफ्नो पार्टीले कुनै पनि समुदाय, वर्ग र जातिसँग कुनै किसिमको भेदभाव नगरेको र सधै समान व्यवहार गरेको दाबी गर्नुभयो ।

नेकपा (एमाले) ले नेपाली काँग्रेसले संसद्मा लगेको संशोधन विधेयक पास हुन नदिएको बताउँदै मधेशीको अधिकार दिलाउन नेपाली काँग्रेस बहुमतमा आए फेरि संशोधनका लागि पहल गर्ने उहाँले बताउनुुभयो ।

मधेशको मसिहा दाबी गर्ने मधेशी दल आन्तरिक कलह र सत्ता लोभमा फसेकाले मधेशको समस्या समाधान नहुने उल्लेख गर्दै प्रदेश नं २ अन्तर्गत स्थानीय निकायमा रहेका आफ्ना उम्मेदवारलाई विजयी गराउन मधेशी जनतासँग अपिल गर्नुभयो ।

साथै, उहाँले सप्तरीको आर्थिक सामाजिक र व्यापारिक विकासका लागि नेपाली काँग्रेसले स्पष्ट योजना ल्याएको बताउँदै वर्तमान काँग्रेस नेतृत्वको सरकारले सप्तरीका बाढीपीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक लागेको उल्लेख गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार