• होमपेज
  • समाचार
  • मलेसियाको एक विद्यालयमा आगलागी,२४ जनाको मृत्यु

मलेसियाको एक विद्यालयमा आगलागी,२४ जनाको मृत्यु

  • बिहिबार, भदौ २९, २०७४
मलेसियाको एक विद्यालयमा आगलागी,२४ जनाको मृत्यु

मलेसिया,भदौ २९ –

मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ । क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा आगलागी हुँदा विद्यार्थी र शिक्षक गरी २४ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । बिहीबार बिहानै विद्यालयमा आगलागी भएको हो । आगलागी भएपछि विद्यालयको छात्रबासमा रहेका विद्यार्थी तथा शिक्षक फसेकाले उनीहरुको ज्यान गएको अनुमान गरिएको छ । छात्रबासको झ्यालमा फलामको ग्रिल रहेकाले उनीहरु भाग्न नसकेको अनुमान छ । मलेसियाको उद्धार कमिटिका निर्देशक खिरुद्दिन दुहराम्यानले पछिल्लो २० वर्षमा सबैभन्दा ठूलो विपद रहेको बताउनुभएको छ । घटनामा ज्यान गुमाउनेमा २२ जना विद्यार्थी रहेका छन् । ज्यान गुमाउने सबै १३ देखि १७ वर्षसम्मका छात्र रहेका छन् । यस्तै दुईजना शिक्षकको पनि ज्यान गएको छ । अहिले उद्धारको काम भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार