• होमपेज
  • समाचार
  • बाराको दहियारमा सुतली बम बिस्फोट, मानविय क्षति भएन

बाराको दहियारमा सुतली बम बिस्फोट, मानविय क्षति भएन

  • बुधबार, भदौ २८, २०७४
बाराको दहियारमा सुतली बम बिस्फोट, मानविय क्षति भएन

दुष्यन्त चौधरी,

बारा (कलैया), भदौं २८–

बाराको दहियारमा बुधबार राति सुतली बम बिस्फोट भएको छ। महागढीमाई नगरपालिका वडा नम्बर ४ मा बुधबार राति ९ बजे सुतली बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बारामा बम बिस्फोट भएको यो तेस्रो घटना हो। प्रहरी चौकी गंजभवानीपुरका सहायक प्रहरी निरीक्षक राजेश जैसवालले दिएको जानकारी अनुसार बम बिस्फोट भएपनि कुनै किसिमको मानविय क्षति भने भएको छैन्।

घटनाका बारेमा थप अनुसंधान भई रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारी बताए ।

Facebook Comments

सम्बन्धित समाचार