• होमपेज
  • समाचार
  • भरतपुरमा ‘मेयर कप’ अन्तर वडा क्रिकेट प्रतियोगिता हुने

भरतपुरमा ‘मेयर कप’ अन्तर वडा क्रिकेट प्रतियोगिता हुने

  • बुधबार, भदौ २८, २०७४
भरतपुरमा ‘मेयर कप’ अन्तर वडा क्रिकेट प्रतियोगिता हुने

चितवन, भदौं २८–

चितवनको भरतपुरमा ‘मेयर कप’ अन्तर वडा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । भरतपुर क्रिकेट क्लबको आयोजनामा असोज १ गतेदेखि कार्तिक ११ गतेसम्म भरतपुरको नौविगाहास्थित खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

आयोजक भरतपुर क्रिकेट क्लबले आज भरतपुरमा पत्रकार सम्मेलनको अयोजना गरी प्रतियोगिताको तयारी तिव्र पारेको जानकारी दिएको छ । प्रतियोगितामा सहभागिताका लागी सबै वडामा पत्रचार गरिएको क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए । प्रतियोगितामा बढीमा २४ टिमको सहभागिता रहने उनले बताए । प्रतियोगितमा १० हजार टिम दर्ता शुल्क लाग्ने अधिकारीले बताए ।

प्रतियोगिताले भरतपुरको क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिने क्लबका सल्लाहकार मित्रनिधि तिवारीले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार, द्धित्तिय हुनेलाई नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा