• होमपेज
  • मनोरञ्जन
  • टंक बुढाथोकीले ल्याए दशैको कारुणिक गीत (हेर्नुहोस् भिडियो)

टंक बुढाथोकीले ल्याए दशैको कारुणिक गीत (हेर्नुहोस् भिडियो)

  • बुधबार, भदौ २८, २०७४
टंक बुढाथोकीले ल्याए दशैको कारुणिक गीत (हेर्नुहोस् भिडियो)

काठमाडौँ, भदौं २८–

नेपालीहरुको महान् चाड बडा दशैं आउन अब केही साता मात्र बाँकी छ । यही मेसोमा गायक तथा संगीतकार टंक बुढाथोकीले दशैं गीतको नयाँ भिडियो सार्वजनिक भएको छ ।
दशैंका बेला परदेशीहरुको अवस्था कस्तो हुन्छ भन्ने वास्तविकतालाई नजिकबाट प्रस्तुतिकरण गरिएको यो भिडियो कारुणिक र मर्मस्पर्शी बनेको छ ।

बिल्कुलै नयाँ शैलीमा ‘दशै आयो दशै आयो परदेशीको मनै रुवायो’ बोलको अति नै मन छुने शब्दले सजिएको यस गीतमा परदेशी र घरदेशीको वास्तविकतालाई भिडियोमा हुबहु उतारिएको छ ।

नेपालीहरुको महान् चाड बडादशैंको परम्परागत शैली र आधुनिक बाध्यतालाई फ्युजन गरेर बनाइएको भिडियो हेर्न लायक बनेको छ । पछिल्लो समयमा सङ्गीत क्षेत्रमा चर्चामा आएका बुढाथोकी कुशल गायक, सङ्गीतकार साथै एरेन्जरको रुपमा चिनिन्छन् । दर्जनौ चलचित्रका र आधुनिक हिट गीतहरु निकाली सकेका गायक बुढाथोकीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेज शो हरुमा पनि आफ्नो कला रगला प्रस्तुत गर्दै दर्शकहरुको मन जित्न सफल भइसकेका छन् ।

https://www.youtube.com/watch?v=u3Lihb4X3JI

यस गीतमा शब्द तथा सङ्गीतमा दिपक पाण्डे, एरेन्जर र स्वर टङ्क बुढाथोकी, क्यामेरामा ख्यातिप्राप्त डाइरेक्टर समन अधिकारी र दिपेन्द्र थपलियाको रहेको छ भने भिडियोमा मुख्य अभिनयमा बलराम र सुप्रिया, मोहन, लक्ष्मीका साथै युएईमा सहयोगी पात्रहरू खगेन्द्र बुढाथोकी, भरत बुढाथोकी, पारस लामा, मोहन शिवाकोटी, प्रबिन निरौला, आशिष पुरुष, सुमन भट्टराई, रुक्मान थापा, प्रेम अधिकारी लगायतका दुई दर्जन भन्दा बढी प्रवासी नेपालीहरुको उपस्थिति रहेको देख्न सकिन्छ भने भिडियोको सुटिङ दुबई, सारजाह,आजमान र रासअलखैमामा गरिएको हो ।

दशै, तिहार, तीज जस्ता पर्व र यसका महत्वहरुलाइ समेटेर पछिल्लो समयमा नेपाली साङगीतिक क्षेत्रमा धेरै गीत र त्यसका म्युजिक भिडियोहरु बन्ने गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने