• होमपेज
  • समाचार
  • शाश्वत धाम र मानव सेवा आश्रमबीच मानव कल्याणका लागि सहकार्य

शाश्वत धाम र मानव सेवा आश्रमबीच मानव कल्याणका लागि सहकार्य

  • मङ्लबार, भदौ २७, २०७४
शाश्वत धाम र मानव सेवा आश्रमबीच मानव कल्याणका लागि सहकार्य

काठमाडौं,भदौं २७-

शाश्वत धाम र मानव सेवा आश्रमबीच शाश्वत चिन्तन मानवीयता, सृजनशीलता, सदाचारलाई प्रवर्धन गर्न द्विपक्षिय समझदारीमा हस्ताक्षर भएको छ । शाश्वत चिन्तनका प्रवर्धक एवं मानव सेवा आश्रमका अध्यक्ष डा. गोविन्द टण्डन र शाश्वत धामका प्रमुख कार्यकारी अधिकृत नारायण श्रेष्ठले समझदारीमा हस्ताक्षर गरे ।

शाश्वत चिन्तन (साँचो जीवन निर्माण अभियान) र शाश्वत धामलाई एकसाथ राष्ट्रब्यापी बनाउने एवं शाश्वत धाममार्फत् शाश्वत चिन्तनका कार्यक्रमहरू आयोजना गरी जात–जाति, सम्प्रदाय, वर्ण, रङ्गभन्दामाथि उठेर सनातन धर्म एवं मानवता र मानवीय गुणहरूको जगेर्ना, संरक्षण, सम्वर्ध्दन एवं प्रवर्धदन गर्ने कार्यमा दुवै संस्थाले सहकार्य गर्नेछन् ।

‘शाश्वत चिन्तनलाई प्रमुखता दिँदै मानवीयता, सृजनशीलता, सदाचारलाई आत्मसात् गरी मानवीयतालाई केन्द्रमा राखी व्यक्ति, समाज र राष्ट्रमा असल व्यक्ति निर्माणमा योगदान पुर्याउने हाम्रो प्रयास हो’, आश्रमका अध्यक्ष डा. टण्डनले भने, ‘यसका लागि विविध उपयोगी कार्यक्रमहरू सञ्चालन गरी मानवीय चेतनाको विस्तारका साथै “वसुधैव कुटुम्वकम्”को विश्वजनीन भावनालाई अझ विस्तार र विकास गर्न दुवै संस्था सहयात्रामा सहभागी भएका छौँ ।’

आगामी दिनमा शाश्वत धामलाई केन्द्र बिन्दु बनाई शाश्वत चिन्तन (साँचो जीवन निर्माण अभियान) का विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन् । यसमार्फत् मानवीयताको प्रवर्ध्दन गर्ने लक्ष्य राखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार